४ भदौ, भक्तपुर ।
भक्तपुरको गठ्ठाघर चोकमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
हिजो बेलुका पौने ७ बजेतिर भुपेन्द्रमान सिंहको घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरको पहिलो तलामा रहेका सबै सामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको प्रयासमा आधा घण्टापछि निभाइएको थियो ।