चार वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

चार वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

४ भदै, काठमाडौं ।

आज प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ ।

विशेषगरी प्रदेश–१ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ । यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको उनीहरुको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.