प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

४ भदौ, काठमाडौं ।

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना तथा चेल्सीका एन गोलो कान्टे र जर्गिन्हो परेका छन् ।

तीनै खेलाडी प्रिमियर लिगमा खेल्दै आएका छन् । साथै, तीनै खेलाडी मिडफिल्डर हुन् । महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन् ।

पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, रोबर्टो मान्सिनी र थोमस टुचेल शीर्ष तीनमा रहेका छन् । महिला कोचको मनोनयनमा लुइस कोर्टेस, पिटर गेर्हार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.