एमालेका ९ नेतालाई बाबुरामको प्रश्न – टाउकाको ओखती नाइटामा ?

एमालेका ९ नेतालाई बाबुरामको प्रश्न – टाउकाको ओखती नाइटामा ?

४ भदौ, काठमाडौं ।

माधव नेपालले नयाँ पार्टी नेकपा (समाजवादी)दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि उनको साथ छोडेका नेताहरुमाथि अहिले विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको झण्डै पाँच दशक लामो सहयात्रा तोड्दै बुधबार नेता नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिए वर्षौंदेखि साथ दिइरहेकाले उनको साथ छोडेका थिए ।

नेताहरू भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायत नेपालको पार्टीमा सहभागि भएका छैनन् । उनीहरु अझै पार्टी एकताको पक्षमा रहेका छन् ।

बिहीबार ती ९ नेताले संयुक्त विज्ञप्ति जारी ओलीलाई माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन र नेता नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न सुझाव दिएका छन्। यसै सन्दर्भमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले उनीहरूमाथि प्रश्न तेर्स्याएका छन् ।

‘एमालेका यी घागडान कणहरूसंग जिज्ञासा– संसारका कम्युनिष्ट पार्टीहरूकी हजूरआमा सोभियत कम्युनिष्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिंगै पार्टी फतक्कै कुहिएर गर्ल्यामगुर्लुम भएको हो ? अनि पूर्वी युरोप लगायतका क पाहरू फुटेर हो कि सिंगै ढलेका हुन् ? टाउकाको ओखती नाइटामा ?’ भट्टराईले ट्विट गर्दै भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.