सिंहदरबार पुगे एमाले नेताहरु, माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न दबाब

सिंहदरबार पुगे एमाले नेताहरु, माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न दबाब

४ भदौ , काठमाडौँ ।

नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटाको पुनः ध्यानाकर्षण गराएको छ ।

बिहिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिएका हुन् । सचेतक शान्ता चौधरी, खगराज अधिकारी, गोकुल बास्कोटा ,कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायत सिंहदरबार पुगेका छन् ।

बुधबार पनि एमालेका प्रमुख सचेतक बिशाल भट्टराई नेतृत्वको टोलीले सभामुख सापकोटालाई भेटेर माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरेको कारवाही तत्काल अगाडि बढाउन दबाब दिएको थियो ।

एमाले स्थायी कमिटी बैठकले मंगलबार पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

त्यसपछि कारवाहीमा परेका १४ जना सांसदले उक्त अवैधानिक रूपमा गरिएको कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।

हाल पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने नेकपा एमाले विभाजन गरेर निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ता गराइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.