एमालेले निर्वाचन आयोगलाई भन्याे- एमाले समाजवादी पार्टी दर्ता नहोस्

एमालेले निर्वाचन आयोगलाई भन्याे- एमाले समाजवादी पार्टी दर्ता नहोस्

४ भदौ, काठमाडौं ।

नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु शुक्रबार आयोग पुगेका हुन् । उनीहरुले  नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।

एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएकाे एमाले निर्वाचन कमिटीका सचिव एवं अधिवक्ता बाबुराम दाहालले बताए। उनले भने, ‘नेकपा एमालेसँग मिल्नेगरि कुनै पनि नाम वा अरु कुरा दिन मिल्दैन। निर्वाचन आयोग पुगेर यही कुरा ध्यानाकर्षण गराएका हौंँ । आयोगले मिल्दो नाम दर्ता हुँदैन भन्नुभएको छ।’

साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.