महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

४ भदौ, काठमाडौं ।

महन्थ ठाकुर पक्षले पार्टीको नाम परिर्वतन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राख्ने भएकाे छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि शुक्रबार पार्टीकाे नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय भएकाे नेता केशव झाले जानकारी दिए ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले जनकारी दिए । शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.