४ भदाै, काठमाडौ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।
आज राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधान अनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।