माधव र महन्थको पार्टीलाई निर्वाचन आयोगले सनाखतका लागि भदौ ९ गते बोलायो

माधव र महन्थको पार्टीलाई निर्वाचन आयोगले सनाखतका लागि भदौ ९ गते बोलायो

४ भदाै, काठमाडौं ।

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखतका लागि बाेलाएकाे छ । माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि निवेदन परेसँगै निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि बाेलाएकाे हाे ।

शुक्रबार बसेको आयोगको बैठकले पार्टी दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने निर्णय गरेको हो।त्यसका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुनेछ। दुबै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेसँगै नेता नेपाल र ठाकुर बुधबार नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए। बुधबार दर्ता गरिएको दललाई आयोगले मान्यता नदिएपछि शुक्रबार नाम परिवर्तन गरेर नेपाल पक्षले नेकपा एकीकृत समाजवादी र ठाकुरपक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.