दिल्लीबाट खनालले भने- म नेकपा एकीकृत समाजवादी पार्टीमा छु

दिल्लीबाट खनालले भने- म नेकपा एकीकृत समाजवादी पार्टीमा छु

४ भदाै, काठमाडौं।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्।

भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्। उनले पार्टी पुनर्गठनको विकल्प नरहेको पनि बताएका छन् ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.