मोरङ तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल

मोरङ तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल

४ भदौ, विराटनगर ।
मोरङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल सर्वसम्वत चयन भएका छन् । संघको विराटनगरमा शुक्रबार सम्पन्न तेस्रो साधारणसभाले नेपालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वर बास्कोटा, सचिवमा निरकुमार श्रेष्ठ र कोषाध्यक्षमा सृर्जना सत्याल बुढाथोकी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नेत्रबहादुर कार्की, आकाश उप्रेती, विवेक कर्ण, निर्मला श्रेष्ठ र किरण लामिछाने सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत अनोज बानियाँले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नवनिर्वाचित बधाई दिँदै विराटनगरलाई खेलकुदको हब बनाउने प्रयास भइरहेको बताए । खेल मैदान बनाउन, खेलाडी उत्पादन गर्न र पूर्वाधार विकासका लागि महानगरपालिकाले पा्रथमिकतामा राखेको पराजुलीले बताए ।

विराटनगरलाई खेलकुदको हवका रुपमा विकास गर्ने योजना सोचका साथ महानगरपालिकाले काम गरिरहेको उनको भनाइ छ । नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपाने र प्रदेश–१ का प्रतिनिधि गोपाल राई, निवर्तमान अध्यक्ष शंकर खरेल लगायतले शुभकामना दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.