देश र जनताको सेवाबाहेक मेराे छुट्टै जागिर छैन: केपी ओली

देश र जनताको सेवाबाहेक मेराे छुट्टै जागिर छैन: केपी ओली

५ भदाै, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पारे। उनले जसले चाहेपनि आफूलाई सदुपयोग गर्न सक्ने बताए । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘देशको, जनताको सेवा बाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पा¥यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईहरु काम लगाउनुहोस् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए । शीर्षक आफै राख्नुहोस भन्ने उनले यसरी कविता बाचन गरे–

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आईपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुगेका थिए।।।

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले”

अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ।।।’ भन्ने सन्देशको रचना सिर्जना गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.