५ भदाै, काठमाडौं ।
अफगानिस्तानको काबुलबाट कुवेत हुँदै नेपाल ल्याइएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार साँझ विमानस्थल अवतरण गरेका १ सय ५६ जनामध्ये एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको जनाइएकाे छ।
संक्रमित व्यक्तिलाई कीर्तिपुरस्थित आयुर्वेदिक औषधालयको आइसोलेसनमा राखिएकाे छ भने कन्ट्याक ट्रेसिङमा परेका अन्य २८ जनालाई सुन्धारस्थित एक गेष्ट हाउसमा क्वारेन्टिनमा राखिएको छ ।
अन्य १ सय २७ जनालाई भने होम आइसोलेसनमा बस्न आग्रह गर्दै घर पठाइएको छ ।