बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

१५ भदाै, झापा ।

झापाकाे बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका-६ घर भई हाल बिर्तामोड नगरापालिका-८ स्थितमा डीडीआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।

शुक्रबार बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.