माधवको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक त नगर्ने कि, दुनियाँ हाँस्दैछन् !

माधवको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक त नगर्ने कि,  दुनियाँ हाँस्दैछन् !

५ भदाै, काठमाडौं ।

नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले माधव नेपालको नयाँ पार्टीको नामलाई लिएर व्यंग्य गरेका छन् ।

एकीकृत समाजवादी पार्टी नामलाई लिएर उनले पार्टीकाे नाममै ‘मजाक’ नगर्न भनेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै थापाले दुई दिनअघि नै आफूले एमाले (समाजवादी) नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको सम्झाएका छन् ।

थापा लेख्छन्,‘उनी नाम बदल्न बाध्य भए, फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो । नाममै मजाक त नगर्ने कि । दुनियाँ हास्दैछन् ।’

नेकपा एमालेबाट विभाजित बनेको माधव समुहले नेकपा (एकीकृत समाजवादी) नाममा पार्टी दर्ताका लागि निवेदन दिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.