जात्रा र पर्वहरू भीडभाड नगरी प्रतिकात्मक रुपमा मनाउन ललितपुर महानगरको आग्रह

जात्रा र पर्वहरू भीडभाड नगरी प्रतिकात्मक रुपमा मनाउन ललितपुर महानगरको आग्रह

५ भदौं, ललितपुर ।
ललितपुर महानगरपालिकाले जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सरोकारवालाहरुको बैठकले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने पर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

महानगरभित्र मनाइने सबै प्रकार जात्राहरु पुजारी र सिमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको नगरप्रमुख महर्जनले जानकारी दिए ।

उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ, कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो। कोभिड सकिएपछि हामी धुमधामसँग मनाउने छौं, श्रीकृष्णजन्मा अष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, मत्यां जात्रा, भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरु क्रमश सुरु हुँदैछन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.