मृत आमाको काखमा ३२ महिने छोराको भावुक बस-यात्रा, कसरी भयाे घटना ?

मृत आमाको काखमा ३२ महिने छोराको भावुक बस-यात्रा, कसरी भयाे घटना ?

५ भदौ, काठमाडौं ।
मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर सामाजिक संजालमा भाइरल बनेको छ । तस्वीरमा बालक आमाको काख प्यारो मानेर बसिरहेको दखिन्छ । तस्वीरको उक्त दृश्यले आम मानिसलाई भावुक बनाएको छ ।

यो तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको । बिहीबार बसमा नेपालगञ्ज जाँदैगर्दा बाटोमै धर्माकुमारीको निधन भएको थियो ।

उनी लामो समयबाट मुटुको समस्याले ग्रसित भएको स्थानीयले बताएका छन् । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराए पनि सन्चो नभएपछि श्रीमानसँग सल्लाहमै उपचारको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनको उपचारको लागि बोलाएका थिए ।

उनी बिहीबार राति बस चढेर नेपालगञ्जतर्फ हिँडेकी थिइन् । ३२ महिनाको छोरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बोकेर हिँडिन् । स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो ।

यात्राकै क्रममा पटक–पटक श्रीमान–श्रीमतीबीच कुराकानी हुँदा आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँगै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनको प्राण गएछ ।

त्यसपछि मृतकको काखको बच्चा सिटबाट झरेर रोएछ । हेर्दा उनको निधन भएको पाइएपछि अन्य यात्रुहरु अत्तालिएका थिए । बच्चा रोइकराइ गरेपछि फकाउनका लागि मृत आमाकै काखमा राखिएको थियो । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.