५ भदाै, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामान्य बिरामी भएको उनको सचिवालयले जनाएको छ।
प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहँदा उनको सचिवालयले यसबारे स्पष्ट पारेको हो। प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको उनकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्।
फेसबुकमा दाहालले लेखेकी छन्, ‘देश विदेशबाट धेरै साथीहरूले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघाखोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ ।’