इङ्ग्लिस प्रिमियर लिग स् म्यानचेस्टर सिटीको पहिलो जित, नर्विच ५–० ले पराजित

इङ्ग्लिस प्रिमियर लिग स् म्यानचेस्टर सिटीको पहिलो जित, नर्विच ५–० ले पराजित

६ भदौ, काठमाडौं ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीका ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक÷एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । यस जितसँगै सिटीले २ खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा सिटी टोटनह्यामसँग पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.