एजेन्सी ः चर्चित अभिनेत्री ३५ बर्षिय प्रियंका चोपडा अहिले २५ बर्षिय अमेरिकी सिङ्गर निक जोनस सँग प्रेममा रहेको खुलेको छ । एक रिर्पोटका अनुसार जुलाई अन्तिमसम्ममा उनीहरुको इन्गेजमेन्ट हुने सम्भावना छ ।
तर यसको पुष्टि भने भैसकेको छैन ।उनीहरुले एकआर्काको परिवारसँग समेत भेटघाट गरेको जनाईएको छ । उनीहरु यतिबेला एकअर्कासँग समय बिताईरहेका छन् ।निकले अहिले सम्म आठ जनासँग प्रेम गरिसकेका छन् ।
उनीहरुको प्रेम रहेको कुरा साँचो भए प्रियंका निकको नवौँ गर्लफेन्ड हुनेछिन् ।प्रियंका निकभन्दा दश बर्ष जेठी छिन् ।निकले प्रेम गरेका मध्ये एकजना युवती ८ वर्ष जेठी थिईन् भने अर्की १४ बर्ष जेठी थिईन् ।
निकका अघिल्ला प्रेमिकाहरुमा चर्चित सिङ्गर्स माईली साईरस र सेलेना गोमेज रहेको चर्चा छ । चाँडै नै चलचित्र ‘भारत’ मार्फत बलिउडमा कम्ब्याक गर्न लागेकी प्रियंका र निकको भेट मेट गालाको इभेन्टमा अघिल्लो बर्ष भएको थियो ।