बराबरीमा रोकियो बार्सिलोना

बराबरीमा रोकियो बार्सिलोना

६ भदौ, काठमाडौं ।

मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।

खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।

खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । पहिलो हाफमा बार्सिलोनाका जेरार्ड पिके घाइते भएका थिए ।

अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडा र भिल्लेरियाल र एस्पानियोलले पनि बराबरी खेलेका छन् । मायोर्काले भने आलाभेसलाई १–० गोलले हरायो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.