धानबालीमा ब्लास्ट तथा जरा कुहिने समस्या देखियो

धानबालीमा ब्लास्ट तथा जरा कुहिने समस्या देखियो

६ भदौ, काठमाडौं ।

धानबालीमा रोगकिराको समस्या देखिन थालेको छ । काठमाण्डौको चन्द्रागिरिमा धानमा ब्लास्ट रोग देखिएको छ । त्यस्तै धादिङ र काभ्रेमा जरा कुहिने रोगले सताएको छ ।

ब्लास्ट रोग देखिएका क्षेत्रमा अनुगमन गरि विषादी र औषधि सिफारिस गरेको चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका प्रमुख रामप्रसाद न्यौपानेले बताए । ब्लास्ट रोग ढुसीजन्य रोग हो । धानको बेर्ना तथा बालामा लाग्ने रोगमध्ये ब्लास्ट प्रमुख मानिन्छ ।

ब्लास्ट रोग लाग्दा पातमा स–साना सेतो टिका, खैरा थोप्ला देखिने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सुरज वैद्यले बताए ।

धानबालीमा यो बेला विभिन्न समस्या देखिन थालेको र रोग लागेका ठाउँमा सकेसम्म लक्षण देखिएका बिरुवा हटाउन तथा प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न उनको सुझाव छ ।

अघिल्लो वर्ष पनि मोरङ, सुनसरी, झापालगायत जिल्लामा धानको ब्याडमा ब्लास्ट रोग देखिएको थियो । बिउबाट समेत रोग सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाँटका बीउ उपचार नगरि प्रयोग गर्दा फैलने सम्भावना बढी हुने गरेको विज्ञले बताएका छन् ।

खाद्यतत्वको कमी तथा हाइब्रिड धानमा मलको कमीले पनि धानमा समस्या देखिएको हुनसक्ने विज्ञले बताएका छन् । ब्लास्ट तथा जरा कुहिने रोगले सताएका ठाउँमा मल÷विषादीको प्रयोग गर्दा पानी कटाउन र एक÷दुई दिन पानी नदिन पनि वरिष्ठ वैज्ञानिक वैद्यको सुझाव छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.