डडेल्धुरामा मास्क खोइ अभियान सुरु

डडेल्धुरामा  मास्क खोइ अभियान सुरु

६ भदौ, डडेल्धुरा ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्न थालेपछि डडेल्धुरामा तपाईको मास्क खोइ अभियान सुरु भएको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप हाम्रो प्रहरी संग हामी कार्यक्रम अन्तर्गत तपाईंको मास्क खोइ अभियान सञ्चालन गरिएको हो ।

जिल्लामा मास्क नलगाई साना या ठुला सवारी साधन चलाउने चालक तथा बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका पैदल हिडिरहेका सर्वसाधारणलाई कोभिड १९ को जोखिम सम्बन्धी सचेत समेत गराइ मास्कसमेत वितरण गरिएको छ ।

डडेल्धुरा जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरि नागरिकले आफै सचेत हुनुपर्ने सर्वसाधारणलाइे भनाई छ ।

देशभर सञ्चालन गरिएको नेपाल मास्क अभियान अन्तर्गत डडेल्धुरामा पनि मास्क अभियान लाई सफल पार्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा अभियान सञ्चालन तपाईंको मास्क खोइ अभियानमा डडेल्धुराको सदरमुकाम बागबजारमा मास्क नलगाएर आवतजावत गरिरहेका सवारी चालक पैदल हिडिरहेका सर्वसाधारणलाई माक्स बितरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेले जनाएको छ ।

डडेल्धुरा जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको भिडभाड बढिरको कोराना पनि कम हुनसकेको छैन । यस्तो अवस्थामा नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान आवस्यक देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.