नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी

६ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका छन् ।

क्रियाशील सदस्यताको विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो । सभापति देउवालाई सहमतिको प्रतिवेदन आज बेलुका नै बुझाउने समितिको तयारी छ ।

बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.