सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृ शोक

विराटनगर,असार २५
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचापबाट पीडित खनालको ग्राण्डी इन्टरनेसलन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले दिएको छ ।

शर्माका श्रीमती, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित तीन छोरा र १ छोरी छन्। स्व खनाल नेपाल सरकारको सहसचिवबाट सेवा निबृत्त भएका थिए । उनले नेपाल सरकारका बिभिन्न पदमा रहेर काम गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.