७ भदाै, काठमाडौं ।
नेपालमा मनसुनी वायुको न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको कारण देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।काठमाडौं उपत्यकामा गए रातीदेखि भईरहेको वर्षा दिउँसो पनि जारी रहने महाशाखाले जनाएको छ ।