मेलम्चीमा बाँकी रहेका तीन वटा झोलुङ्गे पुलमध्ये दुई वटा उच्च जोखिममा

मेलम्चीमा बाँकी रहेका तीन वटा झोलुङ्गे पुलमध्ये दुई वटा उच्च जोखिममा

७ भदौ, काठमाडौं ।

बाढीका कारण अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्चीमा फेरि पनि बाढीको जोखिम बढेको छ।

नदीमा अहिले पनि बाढी आइरहेको छ । फेरि पानी पर्न थालेकाले नदीमा पानीको सतह बढ्ने खतरा छ । बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।

झोलुङ्गे पुल बगाउने खतरा बढे पछि डोजरमार्फत संरक्षणका लागि जुटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।

तर, डोजरले नदीमा बहावलाई परिवर्तन गर्ने प्रयास गरे पनि बाढीका कारण त्यो सम्भव भएको छैन । गएको असार १ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल, एउटा झोलुङ्गे पुलसँगै रातो पुल बगाएको थियो ।

मेलम्चीमा अहिले तीन वटा झोलुङ्गे पुल छन् । तीन वटामध्ये दुई वटा पुल बाढीको जोखिममा परेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो भने २० जना अझै हराइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.