टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

इस्तानबुल, असार २५

उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

सो रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । सो रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्षेत्रमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गरेका छन्। टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.