आज यी नदीमा आउनसक्छ बाढी

आज यी नदीमा आउनसक्छ बाढी

७ भदौ, काठमाडौं ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।

सोमबार बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने, महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।

साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.