भाजपा विदेश विभाग प्रमुख चौथाइवाले र एमाले अध्यक्ष ओलीबीच भेट

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले र एमाले अध्यक्ष ओलीबीच भेट

७ भदाै, काठमाडौं ।

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले  एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । आज बिहान भएकाे भेटवार्तामा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । उनले आइतबार बेलुकै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.