१५ केजी गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

१५ केजी गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

७ भदाै, खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थितबाट गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ ।

आइतबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद गरेकाे हाे।

उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.