इजरायल रोजगारी परीक्षा लोकसेवाको मोडलमा हुने

इजरायल रोजगारी परीक्षा लोकसेवाको मोडलमा हुने

७ भदाै, काठमाडौँ।

इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल एक हजार सुुसारे (केयरगिभर) सहायक श्रमिकको माग भएकाले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रियाबमोजिम नौ हजार ६९९ युुवाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको राम्ररी अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुनेछन् ।

इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.