१० बुँदे कार्यान्वयनका लागि एमालेले बाेलायाे स्थायी कमिटी बैठक, मध्यमार्गी नेताहरु पनि सहभागी हुने

१० बुँदे कार्यान्वयनका लागि एमालेले बाेलायाे स्थायी कमिटी बैठक, मध्यमार्गी नेताहरु पनि सहभागी हुने

७ भदौ, काठमाडौं ।

नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । मंगलबारकाे स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

विहान पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा भएकाे छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको उनले जानकारी दिए ।

भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु आज विहान ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

ज्ञवालीका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.