अफगानिस्तानबाट उद्दार गरिएका सबै नेपालीलाई पोलियो खोप दिइने

अफगानिस्तानबाट उद्दार गरिएका सबै नेपालीलाई पोलियो खोप दिइने

७ भदौ, काठमाडौं ।

अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार अफगानिस्तानबाट उद्दार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको हाे ।

अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक भएकाे र त्यो संक्रमणबाट बचाउन पोलियो खोप लगाउने व्यवस्था सरकारले मिलाएको डा. गौतमले बताए । उनले भने, ‘हामीलाई विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस आएपछि हामीले फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेका हौँ ।’

नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकाे छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुई जनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.