कुलमानको नियुक्तिविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुने

कुलमानको नियुक्तिविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुने

७ भदाै, काठमाडौं।

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गरेकाे रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो रिटको सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ ।

शाक्यले  इच्छा विपरित उर्जा आयोगको विज्ञमा नियुक्ति गरेको भन्दै त्यसका विरुद्ध साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफुले राजीनामा नदिएको अवस्थामा प्राधिकरणमै रहकोले पद खाली नभई कुलमानलाई नियुक्त गर्न नमिल्ने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.