७ भदाै, काठमाडौं।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष दल एमाले सदनमा उपस्थित नहुने भएको छ।
मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने कार्यसूचि बनेको छ। प्रमुख प्रतिपक्ष सहभागी नभएको बैठकबाट सत्ता पक्षका सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिने भएका छन्। साउन २८ मा केसी मुख्यमन्त्री बनेका थिए।
सभामुखले बैठकको कार्यसूचिबारे छलफल नै नगरेकोले छलफल नगरी बाेलाएकाे बैठकमा सहभागी नहुने एमाले सांसद बैजनाथ चौधरीले बताए ।
उनले भने ‘हामीले बैठकमा राख्ने कुरा पहिलो बैठकमा राखिसक्यौं। सभामुखले बैठक रोक्दै बोलाउँदै गर्नुभएको छ। किन बैठक रोकियो र किन बोलाइयो हामीलाई थाहा छैन। विना छलफल बोलाएको बैठकमा हामी सहभागी हुँदैनौं।’
एमालेले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।