माधव नेपालसहितका नेता चन्द्रागिरी रिसोर्ट पुगे : सोमबार राति त्यहीँ बस्ने, ५० बेड बुकिङ

माधव नेपालसहितका नेता चन्द्रागिरी रिसोर्ट पुगे : सोमबार राति त्यहीँ बस्ने, ५० बेड बुकिङ

७ भदौ, काठमाडौँ ।
एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफुपक्षका नेताहरूलाई आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट लगेका छन् । एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरूबीच भएको वार्ताले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा र्पुयाएका हुन् ।

उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको स्रोतले जनाएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् । स्रोतले भन्यो, ‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं । तर ४० देखि ५० जनाका लागि सोमबार राति बस्नेगरी बुकिङ भएको छ ।’

सोमबार एमाले अध्यक्ष ओली निवास बाकोटमा ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।बुुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित नपारुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.