रसुवागढी नाका जोड्ने सडक बन्द

रसुवागढी नाका जोड्ने सडक बन्द

८ भदौ, रसुवा ।

पहिरोले रसुवागढी नाका जोड्ने सडक बन्द भएको छ । धुञ्चे–स्याफ्रु सडक खण्ड अन्तर्गत भार्खु डाँडामा पहिरो गएको हो ।

पहिरोले सडकको आधा भागमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाँकी रहेको सडकमा पनि ठूलो ढुङ्गा बसेको छ ।

आज बिहानैदेखि पहिरो हटाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.