हप्ताभरि निरन्तर पानी पर्ने, बिहीवार र शुक्रवार उच्च जोखिम

हप्ताभरि निरन्तर पानी पर्ने, बिहीवार र शुक्रवार उच्च जोखिम

८ भदौ, काठमाडौं ।

आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । यस्तै, राति प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उनको आग्रह छ ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको छ बाढी पहिरोको जोखिम उच्च छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.