राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै

राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै

८ भदौ, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दैछ ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि नेपाली टिम मंगलबार विहान ओमान जान लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ ।

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.