लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

८ भदौ, काठमाडौँ ।

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले सानदार जित निकालेको छ । गएराति भएको खेलमा वेस्टह्यामले १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि ४–१को फराकिलो जित निकालेको हो ।

खेलको २६औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट वेस्ट ह्यामले सुरुवाती अग्रता लिएको थियो । ४०औं मिनेटमा एयोजी पेरेज सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै ५६औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा लेस्टरका युरी टिलेमान्सले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए तर, मिचेल एन्टेनियोले ८०औं मिनेटमा पहिलो र ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई ४–१को सानदार जित दिलाए ।

जितसँगै वेस्ट ह्याम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित लेस्टरको भने २ खेलमा ३ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.