चन्द्रागिरि हिल्समा नेकपा एकीकृत समाजवादीकाे बैठक, भिड गराएको भन्दै प्रशासनले साेध्याे स्पष्टीकरण

चन्द्रागिरि हिल्समा नेकपा एकीकृत समाजवादीकाे बैठक, भिड गराएको भन्दै प्रशासनले साेध्याे स्पष्टीकरण

८ भदाै, काठमाडौँ ।

काठमाडौं जिल्ला प्रशासनले चन्द्रागिरि हिल्स रिसोर्टलाई निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ । रिसोर्टमा सोमबार बेलुकादेखि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरू सहभागी भएकाे जनाइएकाे छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका प्रावधान विपरीत मानिसको भीडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको बताए । प्रजिअ पराजुलीले भने, ‘यो निषेधाज्ञाविपरीत गतिविधि हो । यसलाई नियन्त्रण गर्न प्रशासन लागिपर्छ ।’

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ सोमबार रिसोर्टमा पुर्‍याएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.