सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

८ भदाै, काठमाडौँ ।

सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज बिहान ११:४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो ।

सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरूको टोलीले चेकजाँचपश्चात् सफलतापूर्वक सर्जरी गरेका हुन्।

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरूले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन् ।

सभामुखले उपचारमा संलग्न चिकित्सकहरूको टोलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.