मलाम गएर फर्किँदा भीरबाट लडेर मृत्यु

मलाम गएर फर्किँदा भीरबाट लडेर  मृत्यु

८ भदाै, पाँचथर ।

पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ ।

सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो ।

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.