एमाले स्थायी कमिटीको बैठक : बाटो बिराएकाहरूलाई ‘मूलघर’मा फर्किन आह्वान

एमाले स्थायी कमिटीको बैठक : बाटो बिराएकाहरूलाई ‘मूलघर’मा फर्किन आह्वान

८ भदाै, काठमाडौँ ।

नेकपा एमालेले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ ।

मंगलबार बसेकाे स्थायी कमिटीको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो ।

बैठकमा माधव नेपालसँग लामाे समय रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरु पनि सहभागी थिए । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.