८ भदाै, काठमाडौं ।
नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय भएकाे छ । मंगलबार माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहित बसेको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारेकाे छ । त्यस्तै बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।