सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ: आईजीपी थापा

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ: आईजीपी थापा

८ भदाै, काठमाडाैँ ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पूर्णरूपमा निस्तेज पार्नुपर्ने उल्लेख गरे ।

उनले प्रहरीलाई सामाजिक हैसियतको ख्याल राखी मीठो बोली वचन, इमान र पूर्ण व्यावसायिकताका साथ सङ्गठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी बहन गर्न निर्देशनसमेत दिए ।

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने प्रहरी महानिरीक्षक थापा क्षेत्रीको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.