लोसपा दर्ताका लागि रेशम चौधरीले जेलबाटै गरे सनाखत

लोसपा दर्ताका लागि रेशम चौधरीले जेलबाटै गरे सनाखत

९ भदाै, काठमाडाैं।

जनता समाजवादी पार्टीबाट अलग भएर निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि रेशम चौधरीले जेलबाटै सनाखत गरेका छन् ।

कैलालीको टीकापुर घटनामा संलग्न रहेकाे आराेपमा केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीले सांसदको रुपमा भने सनाखत गर्न पाउने छैनन्। हाल उनी निलम्बनमा रहेकाले सनाखत गर्न नपाउने भएका हुन्।

उनले केन्द्रीय सदस्यका रुपमा मात्र सनाखत गरेको लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महताेले बताए। १५ जना सांसदको सनाखत गराउने भए पनि सांसद चौधरीले सांसदको रुपमा सनाखत गर्न नपाउने भएपछि १४ जनाले सनाखत गर्नेछन् ।

उनलाई पुरानो कार्यकारिणी सदस्यका रुपमा सनाखत गराइएकाे हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.