९ भदाै, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अनुकूल समयमा पार्टी नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
बुधबार ललितपुरमा आयाेजित विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफू निर्विकल्प नभएको बताउँदै महाधिवेशन वा अनुकूल समयमा नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् । ओलीले भने, ‘म महाधिवेशनसम्मका लागि अध्यक्ष हुँ । म अनुकूल समयमा जिम्मेवारी हस्ताक्षरण गर्ने पक्षमा छु ।’
अर्को व्यवस्था नभएसम्मका लागि र अहिले पार्टीमा कसैले चुनौती नदिएकाले अध्यक्ष रहेको उनको भनाइ थियो । ‘महाधिवेशनसम्मका लागि कसैले चुनौती दिएको छैन, दिनुपर्ने अवस्था पनि छैन’, ओलीले भने ।
अध्यक्ष ओलीले सरकारले एमाले फुटाउने उद्देश्यले मात्रै अध्यादेश ल्याएको बताउँदै कांग्रेसजस्तो लोकतान्त्रिक दलले समीक्षा गर्नुपर्ने बताए । ओलीले माधव नेपाललाई नयाँ पार्टी निर्माण छाडेर मूलधारमा आउन अपिल गरे ।