सिन्धुपाल्चोकको ठोर्कपामा बस दुर्घटना: कम्तीमा २४ घाइते, दुई जना बसभित्रै च्यापिए

सिन्धुपाल्चोकको ठोर्कपामा बस दुर्घटना: कम्तीमा २४ घाइते, दुई जना बसभित्रै च्यापिए

९ भदाै, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोर्कपाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २४ घाइते भएका छन् । कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिका–३ थापागाँउमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष बसभित्रै च्यापिएको वडाध्यक्ष रामहरी खड्काले घटनास्थलबाट जानकारी दिए। दुर्घटनामा २४ घाइते भएका छन् ।

बस सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचारका लागि लगिएको छ । अन्य यात्रु पनि रहेको आशङ्कामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.